दाङ- दाङ २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्मा निर्वाचित भएकी छिन् ।
एमाले महासचिव शंकर पोखरेललाई झिनो मतान्तरले पराजित गर्दै माओवादी केन्द्रकी शर्मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन् ।
निर्वाचित माओवादी केन्द्रकी शर्माले २६ हजार ८ सय ७७ मत पाइन् । निकटतम् प्रतिद्वन्द्वी एमालेका पोखरेलले २६ हजार १ सय ८९ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर १९६ रहेको छ ।













