धनगढी – कञ्चनपुरका क्षेत्र नं. ३ ‘ख’ मा नेपाली कांग्रेसका बेलबहादुर राना विजयी भएका छन् ।
मुख्य निर्वाचन अधिकृतको कार्यालय कञ्चनपुरले सार्वजनिक गरेको अन्तिम मतपरिणाम अनुसार रानाले नेकपा एमालेका उम्मेदवार सुरेन्द्र विष्टलाई ५ हजार ६०४ मतले पराजित गरेका छन ।
रानाले १६ हजार १५२ मत प्राप्त गरे । उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्टले १० हजार ५४८ मत प्राप्त गरे । त्यसैगरी स्वतन्त्र उम्मेदवार भीम कुमालले एक हजार ८२२ मत प्राप्त गरेका छन् ।













