नवलपरासी- नवलपरासी पश्चिम १ बाट कांग्रेसका विनोद चौधरीको जित निश्चित भएको छ । नेपालका एक मात्र खर्बपति चौधरी कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । करिब ६ हजार मतगणना हुन बाँकी रहँदै उनको जित निश्चित भएको हो ।
पछिल्लोपटक सार्वजनिक मतपरिणाम अनुसार उनले २७ हजार ४९३ मत पाएका छन् । उनलाई जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदेस त्रिपाठीले २० हजार ९६२ मतका साथ पछ्याइरहेका छन् । अब गणना हुन बाँकी सबै मत उनले पाए पनि उनको भन्दा चौधरीको मत धेरै हुन्छ । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र सेन ठकुरी १२ हजार ३५० मतका साथ तेस्रो स्थानमा छन् ।















