अछाम- सुदूरपश्चिम प्रदेशसभाको सदस्यमा अछाम–२ को ‘ख’ मा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली काँग्रेसका मानबहादुर रावल विजयी भएका छन् । रावलले नेकपा ९एमाले० का उम्मेदवार शिवप्रसाद उपाध्यायलाई २ हजार ५५२ मतान्तरले पराजित गरेका हुन् ।
रावलले ११ हजार २१६ मत प्राप्त गरे भने उपाध्यायले आठ हजार ६६४ मत प्राप्त गरे । अछाम–२ को ‘ख’ मा २१ हजार १३२ मत खसेका थिए । खसेका मध्ये मतगणनाका क्रममा ८२१ बदर भएका पाइएको छ ।













