काठमाडौँ – नेपाली कांग्रेसकी नेतृ सुजाता कोइराला पराजित भएकी छन् । उनी मोरङ २ बाट नेकपा एमालेका उम्मेदवार ऋषिकेश पोखरेलसँग पराजित भएकी हुन् ।
नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाकी छोरी सुजातालाई पोखरेलले ३३ हजार १४८ मत ल्याउँदै पराजित गरेका हुन् । कोइरालाले ३१ हजार ९४० मत पाइन् ।
गिरिजाप्रसाद कोइराला सोही क्षेत्रबाट लगातार तीन पटक निर्वाचित भएका थिए ।













