धनगढी- कञ्चनपुरको दोधारा चाँदनी झोलुङ्गे पुलबाट लडेर एक वृद्धाको मृत्यु भएको छ । दोधारा चाँदनी नगरपालिका ७ की ७० वर्षिया अमृता मगरको मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
शनिवार बिहान डिही रहेकी ती वृद्धाको पुलको एकछेउको पट्टामा खुट्टा अड्किएर खस्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्र बहादुर शाहले जानकारी दिए ।
‘आज बिहान ७ः१५ बजे हिडीरहेकी उनको खुट्टा पुलमा अड्किएर खसेपछि घट्ना स्थलमै मृत्यु भएको हो, डिएसपी शाहले भने । ’ पुल पनि जीर्ण भइसकेको हुँदा यस्तो घट्ना हुन पुगेको उनको भनाइ छ । घट्ना सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी शाहले बताए ।













