काठमाडौँ- तराई भू- भागमा हुस्सु र कुहिरो तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको हुनाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ। हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएपनि देशका पहाडी भू-भागका केही स्थानहरुमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश नं.१ तथा गण्डकी प्रदेशका पहाडी भू(भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । राती सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेश लगायत अन्य प्रदेशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।













