काठमाडौं – बाजुरा र स्याङ्जा -२ को मतगणना सुरु गर्ने निर्वाचन आयोगले निर्णय गरेको छ । स्याङ्जामा पुनःमतदान गर्नुपर्ने भन्दै एमालेले निर्वाचन आयोगमा उजुरी दिएको थियो । त्यसपछि आयोगको टोली स्याङ्जा पुगेर अध्ययन गरेको थियो ।
यस्तै बाजुरामा पनि एमालेले पुनःमतदान गर्नुपर्ने भन्दै आयोगमा निवेदन दिएको थियो ।
बुधबार आज बसेको आयोगको बैठकले मतगणना गर्ने निर्णय गरेको हो । जाँचबुझ समितिको प्रतिवेदनको आधारमा आयोगले निर्णय गरेको हो ।













