बाजुरा- नेकपा एमाले बाजुराले अनेरास्ववियुका केन्द्रीय सदस्य गगन अयडीको हत्यामा संलग्नलाई कार्बाही गर्न माग गर्दै रिले अनसन सुरु गरेको छ ।
जिल्लाको त्रिबेणी–७ को नाटेश्वरी आधारभूत विद्यालयमा मतदानको विवादलाई लिएर नेपाली काँग्रेसका कार्यक्रताहरुले अयडी घरमै गएर कुटपिट गरि हत्या गरेको आरोप छ । एमाले बाजुराले दोषीलाई कार्बाहीको माग गर्दै सदरमुकाम मार्तडीस्थित खुला मञ्चमा रिले अनसन सुरु गरेको अनेरास्ववियुका नेता नरेश रोकायाले बताए ।
अयडी घर भित्र रहेको बेला बाहिर तानेर उनलाई निर्घात कुटपिट गरि हत्या गरिएको आरोप छ । नेपाली काँग्रेसले कब्जा गरेका मतदान केन्द्रको पुनःमतदान, दोषीलाइ कार्बाहीको मग गर्दै आन्दोलन गरिएका निर्दोश युवाहरुलाई बिना शर्त रिहाइ गर्नुपर्नेलगायतका माग सहित रिले अनसन सुरु गरिएको नेकपा एमाले बाजुराले जनाएको छ ।
त्रिबेणी ७ मा ४ गते दिउँसो मतदानको समयमा नेपाली काँग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भई झडप हुँदा सुरक्षाकर्मीले गोली चलाउँदा एक जनाको घटना स्थलमै मृत्यु भए पश्चात विवादले चर्को रुप लिएको थियो । सुरक्षाकर्मीको गोली लागेर स्थानीय काँग्रेस कार्यकर्ता सञ्जिब अयडीको मृत्यु भएको थियो । सञ्जिब अयडीको मृत्युपछि काँग्रेस कार्यकर्ताले घर–घरमा गएर एमाले कार्यकर्ता माथि कुटपिट गरेको एमालेको आरोप छ ।













