अछाम – अछाममा वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेर एक बालकको मृत्यु भएको छ । मङ्गलसेन नगरपालिका वडा नम्बर–११ खिमाडाका पूर्ण भुलका छोरा गौतमको हिजो ज्यान गएको हो ।
दाजुसँग बाख्रा चराउन गएका गौतमलाई वन तरुल निकाल्ने क्रममा ढुङ्गाले च्यापेको अवस्थामा फेला परेको वडाअध्यक्ष नरबहादुर भण्डारीले दिए ।
१३ वर्षका गौतम मङ्गला नेपाल राष्ट्रिय मावि ओलीगाउँमा ५ कक्षामा अध्ययनरत थिए । दाजुले हाम फालेर ज्यान जोगाएका छन् । बर्खामा पानीले भिजेर ढुङ्गा उक्किएको र त्यसमुनि खनेपछि ढुङ्गा खसेको अनुमान गरिएको छ ।













