बझाङको छबिसपातिभेरा गाउँपालिका वडा नम्बर १ बगडगाउँमा शुक्रवार दिउसो करेन्ट लागेर १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा छबिसपातिभेरा गाउँपालिका वडा नं १ गिठिपाटा घर भएका ४० वर्षीय शिवहरि गिरी रहेका छन् । उनको आज दिउसो सडकमा काम गर्दै गर्दा रूखको हाँगा काट्ने क्रममा बिजुलीको तारमा छोएर करेन्ट लाग्दा घाइते भएका थिए ।
घाइते गिरीको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु
बझाङमा करेन्ट लागेर एक जनाको मृत्यु
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार













