जनकपुरधाम- धनुषामा जन्ती बोकेको बा १ ज ८२९३ नम्बरको जीप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी वसन्त रजौरेले जानकारी दिए । एसपी मृत्यु हुनेमा तीन महिला, एक बालक र एक पुरुष छन् भने ९ जना घाइते भएका छन् ।
महोत्तरीको पिपरा गाउँपालिका गमहरियाबाट जन्ती लिएर इटहरी फर्किँदै गरेको जीप शनिबार बिहान साढे ४ बजे धनुषाको बिरेन्द्र बजारमा दुर्घटनामा परेको हो ।
मृतक बालक ११ वर्षीय बालक एस कुमार पिपराका र ३५ वर्षीय रुवीकुमारी साह धनुषाको मुखियापट्टी मुसहरनिया तुल्सीयाहीका छन्। अन्यको परिचय खुलेको छैन । घटना सम्बन्धि विस्तृत विवरण आउन बाँकी छ ।













