काठमाडौँ- नेकपा एमालेका नेता गोकुल बास्कोटाको घरमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारिएको छ। भक्तपुरस्थित घरमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलील भर्खरै डिस्पोज गरेको हो।
नेपाली सेनाको बम डिस्पोजल टोलीले त्यहाँ रहेको शंकास्पद वस्तु फरेन्सिकका लागि लगेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता डीएसपी राजु पाण्डेले जानकारी दिए।
शंकास्पद वस्तु फेला परेपछि त्यहाँ वरिपरि सुरक्षा व्यवस्था कडा बनाइएको थियो। अहिले अवस्था सामान्य भएको उनले जानकारी दिए।













