कपिलवस्तु- प्रसुति सेवा समयमै नपाउँदा एक जनप्रतिनिधिको मृत्यु भएको छ । कपिलवस्तुको विजयनगर गाउँपालिका वडा नं ३ की वडा सदस्य माधुरी लोहारको प्रसुति सेवा समयमा नपाउँदा शनिवार राति निधन भएको भएको हो ।
जनता समाजवादी पार्टी नेपालबाट स्थानीय तहको निर्वाचनमा दलित तर्फबाट वडा सदस्यमा निर्वाचित २९ वर्षीय लोहारको सुत्केरी व्यथाले च्यापे पनि उनको क्षेत्रमा समयमा उपचार नपाउँदा मृत्यु भएको जसपाका लुम्बिनी प्रदेश अध्यक्ष अशोक यादवले बताएका छन् ।मृतक लोहारलाई थप उपचारका लागि बुटवल स्थित लुम्बिनी प्रादेशिक अस्पतालमा ल्याइए पनि उपचार सम्भव नभएको उनले बताएका छन् ।















