धनगढी- सुदूरपश्चिम प्रदेशसभा सचिवालयका सचिव देवबहादुर बोगटीको गाडीले स्कुल बसलाई ठक्कर दिएको छ । धनगढी उपमहानगरपालिकाको वडा नम्बर ५ हसनपुरमा सोमबार बिहान बोगटीले चलाएको से १ झ २७६ नम्बरको गाडीले सैनिक आवासीय महाविद्यालयको बसलाई ठक्कर दिएको हो ।
बोगटीले ओभर टेक गर्ने क्रममा स्कारपियो विद्यालयको बा २ क ७३५ नम्बर बससँग ठोक्किएको हो । दुवै गाडीको अगाडिको भागमा सामान्य क्षति पुगेको जनाइएको छ ।













