धनगढी- नेपाल पत्रकार महासंघ कैलाली शाखाले नयाँ सदस्यता आवेदन खुला गरेको छ । आइतबार महासंघले एक विज्ञप्ती जारी गर्दै एक हप्ताको समय दिएर नयाँ सदस्यता आवेदन खुला गरेको हो ।
महासंघको विधान अनुसारको योग्यता पुगेका क्रियाशील पत्रकारले नयाँ सदस्यताका लागि आवेदन दिन सक्ने कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले जानकारी दिए । उनका अनुसार पत्रकार महासंघले तयार पारेको आवेदन फाराम भरेर आवश्यक कागजातसहित तोकिएको शुल्क तिरेर इच्छुक पत्रकारले सदस्यताका लागि यही मंसिर १८ गतेदेखि २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
साथै सोही समयावधि तोकेर सदस्यता नविकरण पनि खुला गरिएको कैलाली शाखाका अध्यक्ष हिमालय जोशीले जानकारी दिए । यस्तै सोमबार बसेको बैठकले पुस २ गते साधारण सभा गर्ने निर्णय समेत गरेको छ । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा पुस ७ र ८ गते हुने भएकाले त्यस अघिनै जिल्ला शाखाको साधारण सभा गर्न लागिएको हो ।














