• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

महाकाली घटनाबारे आजै भारतलाई कूटनीतिक नोट पठाइँदै

  •   मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित

काठमाडौं – दार्चुलामा महाकाली नदीमा भारतीय पक्षले तटबन्ध बनाइरहेको विषयमा परराष्ट्र मन्त्रालयले आजै भारतलाई कूटनीतिक नोट पठाउने भएको छ। दार्चुलाको सदरमुकाम खलंगापारि भारतले तटबन्ध बनाउँदा नेपाललाई असर पर्ने भन्दै स्थानीयले विरोध गरेका थिए। नेपाली पक्षको विरोधपछि आइतबार महाकाली वारिपारि नेपाली र भारतीयबीच ढुंगा हानाहान भएको थियो।

उक्त घटनाबारे गृहमन्त्रालयले रिपोर्ट परराष्ट्र मन्त्रालयलाई पठाइसकेको छ। ‘गृह मन्त्रालयबाट उक्त घटनाको रिपोर्ट आइसकेको छ। आज हामी भारतलाई कूटनीतिक नोट पठाउँदैछौं,’ परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भनिन्। दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार दुई पक्षको वार्तापछि तत्काल विवादित क्षेत्रमा तटबन्ध नबनाउने सहमति स्थानीय अधिकारीहरूबीच भएको छ।

‘हामीले त्यहाँका सरकारी अधिकारी र ठेकेदारलाई विवादित ठाउँमा तटबन्ध नबनाउनुस् भनेका छौं। उनीहरूले त्यसमा सहमति जनाएका छन्,’ उपाध्यायले भने,‘त्यही किसिमको रिपोर्टिङ पनि हामीले केन्द्रमा गरेका छौं।’ भारतीय पक्षले आफ्नोतिर तटबन्ध लगाउँदा बनाएको अस्थायी संरचनाका कारण पछिल्लो विवाद देखिएको उपाध्यायले बताए।

२०७० मा आएको ठूलो बाढीका कारण नेपाली पक्षतिर ठूलो क्षति भएको थियो। त्यतिबेला खलंगामा रहेका सरकारी कार्यालयसहित निजी भवनमा क्षति पुगेको थियो। त्यसपछि नेपालले महाकाली किनारमा ४ किलोमिटर लामो तटबन्ध बनाएको थियो।

‘भारतीयहरूले पनि गत माघबाट आफ्नोतिर एक किलोमिटर लामो तटबन्ध बनाउन लागेका छन्। बर्खा लागेपछि काम रोकिएको थियो,’ प्रजिअ उपाध्यायले भने,‘काम रोकिए पनि नदीमाथि भारतीयले बनाएका अस्थायी संरचना हटाइदिएनन्। त्यसका कारण नदीको पानी नेपालतिर धेरै आउँदा क्षति भयो।’

यो पालि बर्खामा नेपालतिरको ५ सय मिटरजति तटबन्ध भत्किएको छ। ‘हामीले त्यो तटबन्ध पनि बनाउनु पर्नेछ,’ उपाध्यायले भने। भारतीय पक्षले अहिले आफ्नोतिर तटबन्ध बनाउनका लागि तटबन्धभन्दा ७ देखि १० मिटरयता नेपालतिर ग्याविन जाली लगाएको छ भने गाडी गुड्ने अस्थायी संरचना पनि बनाएको छ।

‘अघिल्लो पटक भारतीय पक्षले ती अस्थायी संरचना नहटाएकाले नेपालतिर क्षति भयो। अहिले फेरि त्यस्तै संरचना बनाइरहेकाले अविश्वास बढेक हो,’ उपाध्यायले भने। सानातिना समस्या स्थानीय अधिकारीहरूले कुरा गरेर सल्टाउने भए पनि सीमा नदीमा तटबन्ध निर्माण विवादमा परेकाले दुई देशले कूटनीतिक पहलबाट दीर्घकालीन समाधान निकाल्नु पर्ने राय आफूले गृह मन्त्रालयमा पठाएको उनले बताए।‘दुई देशका प्राविधिकहरूको संयुक्त टोली बनाएर अध्ययनपछि मात्र काम अघि बढाउनु उपर्युक्त हुने सुझाव दिएको छु,’ प्रजिअ उपाध्यायले भने।

  • कूटनीतिक नोट
मङ्गलबार, मङि्सर २०, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • २ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ४ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ५.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.