धनगढी- कैलालीको धनगढी पोलिटेक्नीकल इन्स्टिच्यूटमा विद्यार्थीले तालाबन्दी गरेका छन् । धनगढी उप–महानगरपालिकाले सञ्चालन गरेको इन्स्टिच्यूटमा मंगलबार विद्यार्थीले ल्याब स्थापनाको माग गर्दै तालाबन्दी गरेका हुन् ।
इन्स्टिच्यूटमा ड्रोइङ शिक्षक, शौचालय निर्माण, खानेपानी तथा विद्युत व्यवस्थापन, ल्याब स्थापनाको मागसहित फेरि ताला लगाइएको विद्यार्थीले बताएका छन् । इन्स्टिच्यूटमा गत साउन अन्तिम साता पनि विद्यार्थीले तालाबन्दी गरेका थिए ।















