धनगढी – कञ्चनपुरको महाकाली नदीमा पुरुषको शव फेला परेको छ । जिल्लाको भीमदत्त नगरपालिका–९ को बन समिति भुमरीघाटस्थित महाकाली नदीको किनारमा डडेल्धुराको परशुराम नगरपालिका–६ का ४९ वर्षीय गोरे धामीको शव भेटिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भरत गिरीले मंसिर १५ गते परशुराम नगरपालिकाको सिसिम झाला घाटबाट बेपत्ता भएका धामीको शव मंगलबार साँझ नदीमा भेटिएको जानकारी दिए । उनको शव परीक्षणका लागि महाकाली प्रादेशिक अस्पतालमा राखिएको गिरीले बताए ।













