कञ्चनपुर – कञ्चनपुरमा जङ्गली हात्तीको आक्रमणबाट एकबृद्धाको मृत्यु भएको छ । जिल्लाको बेदकोट नगरपालिका – १ हात्तीथलाकी ६९ बर्षिया हिरा धानुकको मृत्यु भएको हो ।
घाँस दाउरा ल्याउन गएका बेला धानुकमाथि जङ्गली हात्तीले आक्रमण गरेको बेदकोट नगरपालिका- १ का वडाध्यक्ष रमेश भण्डारीले बताए ।













