काठमाडौँ- तराई भू-भागमा हुस्सु र कुहिरो लाग्ने तथा देशका अधिकांश भू-भागमा तापक्रम क्रमिक रूपमा घट्दै जाने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । तापक्रम घट्दै जाने भएकोले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन महाशाखाले जनाएको छ ।
तर, हाल देशमा उल्लेखनीय मौसमी प्रणाली भने छैन । महाशाखाका अनुसार प्रदेश १ का साथै देशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।
दिउँसो प्रदेश १, मधेश प्रदेश र बाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।
राती प्रदेश १ का साथै गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू(भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।













