धनगढी- कैलालीको धनगढीमा बिहिवारदेखि सुदूरपश्चिम महोत्सव सुरु भएको छ । कैलाली उद्योग वाणिज्य संघको आयोजनामा सुरु भएको महोत्सवको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका छन् ।
धनगढी उपमहागनरपालिका वडा नम्बर १ पशुपति टोलमा आयोजना गरिएको महोत्सव उद्घाटन कार्यक्रममा श्रममन्त्री शेरबहादुर कुँवर, सुदूरपश्चिम प्रदेश प्रमुख देवराज जोशी, मुख्यमन्त्री त्रिलोचन भट्ट, राष्ट्रियसभा सदस्य नारायणदत्त मिश्र, प्रतिनिधि सभा सदस्य दिल्लीराज पन्त, तारालामा तामाङ, प्रदेशका मन्त्रीहरु सहभागी छन् ।
यस्तै विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु, प्रदेशका विभिन्न मन्त्रालयका सचिवहरु, प्रदेशका सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिलगायतको सहभागिता रहेको छ । महोत्सव आगामी पुस २ गतेसम्म सञ्चालन हुनेछ ।













