धनगढी- निकट भविष्यमै धनगढीमा संचालन हुन लागेको सौभाग्य अस्पतालले एक सय बढीको सँख्यामा कर्मचारी मागेको छ। धनगढी उपमहानगरपालिकास्थित पुरानो भन्सार रोडजाने बाटोमा कृषि सामग्री कम्पनी लिमिटेडको अगाडी रहेको उक्त अस्पतालले कर्मचारी माग गरेको हो।
सो अस्पतालको प्रशासनले माघभित्र सेवाहरु संचालनमा आउने र एक सय आठ जना कर्मचारीहरुका लागि आवेदन खुला गरिएको जनाएको छ। अस्पतालले चिकित्सक, नर्स लगायतका पदहरुमा कर्मचारी माग गरेको हो। दश करोडको लगानीमा उक्त अस्पताल संचालनमा आउदैछ।
















