• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बुधबार, भदौ ३१, २०८३
☰
बुधबार, भदौ ३१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • ९. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

  • १०. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

लम्की-टीकापुर-खक्रौला सडक निर्माणको म्याद सकिँदै, काम न्यून

  •   शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित

टीकापुर– कैलालीको लम्की(टीकापुर(खक्रौला सडकखण्ड निर्माणको समय सकिन एक महिनामात्रै बाँकी छ तर सडकको स्तरोन्नति गर्ने कामको प्रगति न्यून देखिएको छ । उनन्तीस दशमलव सात किलोमिटर सडकलाई तीन खण्डमा विभाजन गरी सुरु गरिएको स्तरोन्नतिको कामको पहिलो खण्डको प्रगति केही देखिए पनि दोस्रो र तेस्रो खण्डको प्रगति न्यून छ ।

सम्झौता भएको मितिको लगभग ९५ प्रतिशत समय सकिँदा पनि पहिलो खण्डको करिब ६५ प्रतिशत तथा दोस्रो र तेस्रो खण्डको करिब ३० प्रतिशत मात्र काम सकिएको छ । तीस महिनाभित्र काम सम्पन्न गर्नेगरी गरिएको सम्झौताको अहिले २९ महिना सकिएको छ । अहिलेसम्मको कामको प्रगति हेर्दा अबको बाँकी एक महिनाको समयमा काम सम्पन्न हुने सम्भावना छैन ।

सडक निर्माण कम्पनीले दूर्त गतिमा काम गरेमा पहिलो खण्डको आगामी जेठ मसान्तसम्म र अन्य दुई खण्डको करिब एक वर्षभित्र काम पूरा हुने सम्भावना रहेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख सविन जोशीले बताए ।

‘समयमै काम सकिने सम्भावना टरेको छ, अब तीव्रगतिमा काम गरेमा सबै सडक निर्माण सकिन करिब एक वर्ष लाग्ने देखिन्छ’, उनले भने, ‘पहिलो खण्डको काम तीव्र गतिमा हुँदैछ, पहिलो खण्डका लागि धेरै समय आवश्यक छैन, अन्य खण्डका लागि करिब एक वर्ष लाग्छ ।’

तीनवटै ठेकेदार कम्पनीलाई सडक निर्माणको काम चाँडो सक्न आफ्नातर्फबाट ताकेता गरिरहेको हुलाकी राजमार्ग आयोजना कार्यालय धनगढीका प्रमुख जोशीको भनाइ छ । तीन खण्डमध्ये पहिलो खण्ड निर्माण कम्पनी कालिका कुमार जेभीका दिनेश मल्लको हो । उक्त सडकको १८ सय मिटर भाग कालोपत्र गरिसकिएको र आफ्नो कम्पनीले आगामी जेठ मसान्तभित्र सडक कालोपत्रको काम सकाउने उनले बताए । ‘हामी धमाधम काम गरिरहेका छौँ, आगामी जेठ मसान्तसम्म सबै काम सक्नेगरी काम थालेका छौँ’, उनले भने, ‘अब ढिलाइ हुँदैन ।’

दोस्रो खण्डको एपेक्स खड्का कृष्ण जेभी र तेस्रो खण्डको रायमाझी गल्वा जगदम्बा जेभीले ठेक्का पाई काम गरिरहेको छ । उनीहरूको प्रगति भने न्यून छ । यसरी ठेक्का लिएर समयमै काम नहुँदा नागरिकलाई निकै समस्या भइरहेको र सरोकारवालाले यस समस्याको समाधान चाँडै गर्नुपर्ने नागरिक समाज टीकापुरका संयोजक भीमराम चपाईंले बताए ।

‘समयमै निर्माण नगरिँदा नागरिकलाई सास्ती भएको छ, सडक खाल्डाखुल्डी र धुलाम्मे छन्’, उनले भने, ‘जताततै खनेर अलपत्र छोडिएको अवस्था छ, यो नागरिकमाथि गरिएको लापरवाही हो, यस्तो लापरवाही गर्ने छुट कसैलाई दिन हुँदैन ।’ जम्मा २९ दशमलव सात किलोमिटरमध्ये बजार क्षेत्रमा पर्ने छ दशमलव तीन किलोमिटर चार लेन र बाँकी सडक दुई लेनको निर्माण हुनेछ ।

सडक निर्माणका लागि हुलाकी राजमार्ग निर्देशनालयसँग पहिलो खण्ड आठ किलोमिटर कालिका कुमार जेभी काठमाडौँले २०७७ साल जेठ २८ गते ४० करोड १९ लाख, दोस्रो खण्ड १० किलोमिटर एपेक्स खड्का कृष्ण जेभीले जेठ २६ गते ४० करोड ९९ लाखमा र बाँकी तेस्रो खण्ड रायमाझी गल्वा जगदम्बा जेभी काठमाडौँले २०७७ असार १४ गते ३३ करोड २० लाखमा ठेक्का सम्झौता गरी काम सुरु गरेको हो ।

तीनै खण्डको ठेक्का सम्झौता समाप्त हुने मिति ३० महिनाको रहेको आयोजना कार्यालयले जनाएको छ । काम सक्नुपर्ने ३० महिनाको अवधिमा २९ महिना गइसक्दा पनि कामको प्रगति भने ५० प्रतिशत पनि नपुग्नु राम्रो नभएको स्थानीय भुवनेश्वर अधिकारीको भनाइ छ ।

‘काममा ढिलासुस्ती भइरहँदा नागरिकस्तरबाट दबाब दिइनुपर्छ, स्थानीय सरकारले पनि काममा भएको ढिलाइबारे चासो राख्नुपर्छ’, उनी भन्छन्, ‘सडक निर्माणमा ढिलाइ हुँदा नागरिकमा परेका असर धेरै छन्, यस विषयमा सरोकारवाला निकायले ध्यान दिन जरुरी छ ।’

  • खक्रौला सडक
शनिबार, मङि्सर २४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
जुवाको खालमा सरकारी मोटरसाइकल
प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण
दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो
सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु
धनगढीमा सर्प उद्धार अभियान : तीन वर्षमा ४ हजार ८३६ सर्पको उद्धार
सुदूरपश्चिममा जेनजी आन्दोलनका बेला भागेका ३१८ कैदीबन्दी फर्किएनन्

समाचार

सबै

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

जुवाको खालमा सरकारी मोटरसाइकल

प्रगतिशील युवा समाज र दलित सहयोग समाजद्वारा सामाजिक परीक्षण

दल बदलेपछि बर्दगोरियाका उपाध्यक्ष गिरीको पद गयो

सुदूरपश्चिममा भदौ महिनामा मात्र २१६ सवारी दुर्घटना, १२ जनाको मृत्यु

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.