बझाङ । बझाङमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको बुंगल नगरपालिका -६ लिसड कि २६ वर्षीया दुर्गा देवि धामीको भिरबाट लडेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
सोमबार साँझ दाउरा काटेर घर फर्किने क्रममा भिरबाट करिब १५० मिटर तल खसेर घाइते भएकी उनलाई उपचारका लागी धनगढी ल्याउदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृतक धामीका श्रीमान् रोजगारको सिलसिलामा भारतमा बस्दै आएका छन् ।















