धनगढी– नेपाली काँग्रेस कैलालीले विहीबार काँग्रेसबाट प्रतिनिधित्व गर्ने धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्यहरु अन्तरक्रिया गरेको छ ।
नेपाली काँग्रेस कैलालीका सचिव केशव मिश्रको उपस्थितिमा भएको कार्यक्रममा उपमहानगरपालिकाको विकास निर्माण तथा सुशानलगायतका विषयमा छलफल भएको हो ।
त्यसक्रममा कार्यपालिकाका विभिन्न विषयगत समितिमा रहेका कार्यपालिका सदस्यहरुले प्रगति विवरण बनाई मासिक छलफल गरी अगाडि बढ्न अनुरोध गरिएको कार्यपालिका सदस्य तथा काङ्ग्रेस कैलालीका सदस्य चक्र नेपालीले जानकारी दिए ।
स्थानीय निकायमा निर्वाचित जनप्रतिनिहिरुले विधान अनुसार पार्टीलाई बुझाउनु पर्ने मासिक लेवी १५ दिन भित्र बुझाई सक्ने कार्यपालिका सदस्यहरुले प्रतिवद्धता गरेको उनले बताए ।
नेपाली काँग्रेस धनगढी उपमहानगरपालिका कार्यपालिका संयोजक तथा वडा नम्बर ४ का अध्यक्ष बुद्धीसिंह खडकाको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने धनगढी उपमहानगरपालिकाका वडा अध्यक्ष तथा कार्यपालिका सदस्यहरूको सहभागिता रहेको थियो ।













