काठमाडौं- निर्वाचन आयोगले प्रतिनिधि सभाका निर्वाचित सदस्यहरुको विवरण प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष पेश गरेको छ । बिहीबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले प्रधानमन्त्री देउवासमक्ष सो प्रतिवेशन पेश गरेको हो । प्रमुख आयुक्त थपलियाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ निर्वाचित १६५ र समानुपातिकतर्फ निर्वाचित ११० गरी कुल २७५ सदस्यको विवरण पेश गरे ।
यसअघि, प्रमुख निर्वाचन आयुक्त थपलियाले राष्ट्रपति विद्यादेवी भण्डारी र उपराष्ट्रपति नन्दबहादुर पुनसमक्ष सो विवरण पेश गरेका थिए ।
बिहीबार बिहान राष्ट्रपति भवनमा आयोजित एक कार्यक्रममा प्रमुख आयुक्त थपलियाले राष्ट्रपति समक्ष सो प्रतिवेदन पेश गरे । यसैगरी, देशका सात वटै प्रदेशबाट निर्वाचित सदस्यहरुको विवरण आगामी पुुस २ गते शनिबार एकै पटक र एउटै समयमा प्रदेश प्रमुखसमक्ष पेश गर्ने आयोगको कार्यक्रम छ ।













