धनगढी – धनगढी उपमहानगरपालिकाले आमा बचाउ अभियानका लागि एम्बुलेन्स हस्तान्तरण गरेको छ। बिहीबार वडा नम्बर १६ लाई एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
एम्बुलेन्सले सुत्केरीलाई अस्पतालसम्म पुग्नका लागि निःशुल्क रूपमा सेवा दिने जनाइएको छ। नगर प्रमुख गोपाल हमाल र उपप्रमुख कन्दकला रानाले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
यसअघि वडा नम्बर १८ मा पनि एम्बुलेन्स हस्तान्तरण गरिएको थियो। यस्तै नगरका अन्य वडाहरूमा समेत क्रमशः एम्बुलेन्स उपलब्ध गराइने उपमहानगरले जनाएको छ।















