डोटी – सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री टेक बहादुर रैकाले डोटीको शिखर नगरपालिका वडा नं १ कपल्लेकी स्थित भगवती आधारभूत विद्यालयमा निर्माण हुने २ कोठे भवनको शिलान्यास गरेका छन् । बिहीबार एक कार्यक्रम बिच राज्यमन्त्री रैकाले विद्यालय भवनको शिलान्यास गरेका हुन् ।
राज्यमन्त्री रैकाको विशेष पहलमा सामाजिक विकास मन्त्रालयको सहयोगमा बिकट दलित बस्तीमा उक्त विद्यालयमा भवन निर्माण हुन लागेको हो ।
कार्यक्रममा शिखर नगरपालिकाका प्रमुख दीर्घ बलायर, पूर्व मेयर सिताराम जोशी, वडा अध्यक्ष दीपक बोगटी लगायतकाले मन्तव्य राखेका थिए ।













