काठमाडौं- नेपाली कांग्रेसका नेता एनपी साउदले सरकारको नेतृत्व पहिले कांग्रेसले गर्नुपर्ने बताएका छन्। उनले निर्वाचनबाट सबैभन्दा ठूलो दल बनेको भन्दै पहिले कांग्रेस नेतृत्वमै सरकार बन्नुपर्ने बताए।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको चियापान कार्यक्रमपछि बोल्दै प्रतिनिधिसभा सदस्य साउदले आलोपालो नेतृत्वका लागि कांग्रेस लचक रहेको बताए। गठबन्धना नेताहरूबीच प्रधानमन्त्रीमा आलोपालो हुनुपर्छ। त्यसमा हाम्रो दुईमत छैन। तर पहिलो दलको हैसियतले नेपाली कांग्रेसले पहिले नेतृत्व गर्नुपर्छ, उनले सञ्चारकर्मीसँग भने।
उनले प्रधानमन्त्री शेरबहादुर देउवाकै नेतृत्वमा सरकार बन्नुपर्ने बताए। कांग्रेस नेतृत्वमा सरकार अहिलेको जनादेश हो। देउवाको नेतृत्वमा गठबन्धनले बहुमत पाएको छ। मलाई विश्वास छ उहाँकै नेतृत्वमा सरकार बन्छ, उनले भने।













