धनगढी – नेपाल पत्रकार महासंघ कैलाली शाखाको १२ औँ साधारण सभा सम्पन्न भएको छ । प्रेस स्वतन्त्रताको आधारः सुरक्षित व्यवसायीक पत्रकारिता भन्ने मुल नाराका साथ साधारण सभा सम्पन्न भएको हो ।
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आथित्वता तथा महासंघका अध्यक्ष हिमालय जोशीको अध्यक्षतामा सम्पन्न भएको साधारण सभाको बन्द सत्र पनि आजै सम्पन्न भएको छ ।
बन्द सत्रले पत्रकार र पत्रकारितासँग सम्बन्धित विभिन्न ५ वटा निर्णय गरेको छ । अध्यक्ष जोशीकाअनुसार पत्रकार महासंघको सदस्यता शुद्धिकरणलाई निरन्तरता दिने, पत्रकार आचारसंहिता र आचारणबारे सबैलाई सचेत गराउने लगायतका निर्णय भएका छन् ।
पत्रकार महिलाको पेशागत क्षमता अभिबृद्धि र पेशामा टिकाइराख्न नीतिगत व्यवस्था गर्ने, स्थानीय तह लगायतका निकायले बनाउने सञ्चार नीतिलाई पत्रकारमैत्री बनाउन आवश्यक भूमिका महासंघले खेल्न निर्णय गरिएको अध्यक्ष जोशीले बताए ।















