काठमाडौं – नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेता छलफलमा जुटेका छन् । उनीहरूबीच पार्टी संसदीय दलको नेता चयनका विषयमा छलफल भइरहेको छ ।
नेपाली कांग्रेसले बुधबारका लागि संसदीय दलको मतदानको चुनावी तालिका सार्वजनिक गरेको छ । एउटै समूहमा रहेका थापा र शेखर कोइरालाले दलको नेतामा दाबी गर्दै आएका छन् ।
उता, सभापति शेरबहादुर देउवाले पनि संसदीय दलको नेताका लागि तयारी गरिसकेका छन् । संसदीय दलमा देउवा बलियो भएका कारण इतर समूहका शेखर र गगनलाइ मिलेर अघि बढ्न समूहको दबाब छ ।















