काठमाडौं- नेकपा (माओवादी केन्द्र) को संसदीय दलको नेतामा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सर्वसम्मत भएका छन् ।सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलको बैठक कक्षमा बसिरहेको बैठकले प्रचण्डको नाम सर्वसम्मत गरेको सांसद सुदन किरातीले जानकारी दिए ।
संसदीय दलका उपनेता, प्रमुख सचेतक तथा सचेतकमा कसलाई लिने भन्नेबारे भने छलफल भइरहेको उनले बताए । उपनेतामा वर्षमान पुन र जनार्दन शर्माको दाबी छ ।















