कञ्चनपुर– जिल्लाको बेलडाँडी गाउँ पालिका ५ स्थित मानव बस्तीको जोखिम न्यूनीकरण गर्न चौधर नदीमा तटबन्ध निर्माणका लागि शिलान्यास गरिएको छ ।
सुधारिएको प्रविधि तटबन्ध योजना अन्तर्गत गाउँपालिका प्रमुख हरिसचन्द्र रानाले बिहीवार तटबन्ध शिलान्यास गरेका हुन् । वडा नम्बर ५ का मानव बस्ती हुँदै बग्ने चौधर नदीमा तटबन्धका लागि करिब ३५ लाख बजेट विनियोजन गरिएको छ ।
चौधर नदीको बाढीले तटीय मानव बस्ती इमलिया, झिलमिला, बैवाह लगायतका बस्ती अति जोखिममा छन् । तटबन्धले जोखिम न्यूनीकरण गर्न ठूलो राहत मिल्ने बेलडाँडीका पालिका प्रमुख रानाले बताए ।
चौधर नदीमा तटबन्धको शिलान्यास कार्यक्रममा पालिकाका प्रवक्ता गजबहादुर बिष्ट, वडा नम्बर ५ का वडा अध्यक्ष इन्द्रबहादुर खड्कालगायतको सहभागिता रहेको थियो ।













