धनगढी- कञ्चनपुरको बेलौरी नगरपालिका–१ मा गए राति एक घरमा अज्ञात समूहले गरगहना चोरी गरेको छ। गरगहनासहित ७ लाख रुपैँया बराबरको चोरी भएको हो।
ललिता भट्टको घरबाट नगदसहित सुनका गरगहना गरी ७ लाख बराबर चोरी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक भरत गिरीले बताए।
उनकाअनुसार चोरी गर्ने समूहको खोजी कार्य भइरहेको छ। केही दिन यता कैलाली र कञ्चनपुरमा लगातार चोरीका घटना भइरहेका छन्













