काठमाडौं– लोक दोहोरी गीतको रियालिटी शो ‘दोहोरी आइडल’ को लागी डिजिटल अडिसन खुल्ला गरिएको छ । ७७ वटै जिल्लाबाट जिल्ला स्तरीय प्रतियोगिता प्रथम, दित्तिए तृतीय र चौथो भएकाहरूले आवेदन दिन सक्ने छन् । डिजिटल अडिसनको आवेदन पौष १३ देखि २९ गतेसम्म भर्न सकिने छ ।
नेपालका प्रतिष्ठित ४२ कलाकारहरूबीच हुने प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रिता थापा रहनेछन्। नेपालमा पहिलो पटक लिग स्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमको संयोजक अमृत खातीले जानकारी दिए।
डिएआर मुभिजले गर्न लागेको रियालिटी शो ‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडलको छायाङ्कन माघबाट सुरु गरिने र फागुनबाट नेपाल नेटवर्क टेलिभिजनमा प्रसारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए।













