धनगढी– मालिकार्जुन दार्चुला सेवा समिति धनगढीको अध्यक्षमा महेन्द्रराज पन्त दोस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित भएका छन्।
शनिबार धनगढीमा सम्पन्न ५औं अधिवेशन तथा ८औं वार्षिक साधारण सभाबाट समितिको नयाँ नेतृत्व चयन गरिएको हो। पन्त अघिल्लो कार्यकालमा पनि अध्यक्ष थिए।
यस्तै समितिको वरिष्ठ उपाध्यक्षमा कालुसिंह धामी, उपाध्यक्षमा जयन्ती धामी, सचिवमा देवदत्त भट्ट, सहसचिवमा जनकसिंह सामन्त र कोषाध्यक्षमा करविरसिंह साउद चयन भएका छन् ।
सदस्यहरुमा पदम बम, विरसिंह धामी, जयदेव धामी, दिपक साउद, गोपालसिंह ठगुन्ना र गौरीदेवी लोथ्याल चयन भएका छन्।
यस अवसरमा समितिले बृहत् रक्तदान कार्यक्रम समेत आयोजना गरिएको थियो । समितिका अध्यक्ष पन्तको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्य रमेशसिंह धामी प्रमुख अथिती थिए ।
मालिकार्जुन दार्चुला सेवा समितिले धनगढी लगायतका क्षेत्रमा निरन्तर मानवीय सेवा तथा विभिन्न सामाजिक सेवाका कार्यहरु गर्दै आइरहेको छ।















