कञ्चनपुर– कञ्चनपुरको बेलौरीमा सोमबार राति दुई घरमा लुटपाट भएको छ । बेलौरी नगरपालिका वडा नम्बर-२ बैजुडाँडास्थित २ घरमा राति साढे १ बजेतिर लुटपाट गरेको इलाका प्रहरी कार्यालय बेलौरीले जनाएको छ।
स्थानीय मनोज चौधरी र प्रेमनाथ चौधरीको घरमा अज्ञात समूहले चोरी गरेको प्रहरीले जनाएको हो।लुटेराहरुले ४ लाख रुपैयाँ बराबरको नगद र मोबाइल, सुनचाँदीलगायत समान चोरी गरेर लगेको निवेदन आएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक दानसिंह भण्डारीले बताए।
चोरीमा भारतीय नागरिक संलग्न रहेको पीडित परिवारले आशंका गरेका छन् । उनीहरुको खोजीकार्य भैरहेको र भारतीय प्रहरीसँग समन्वय गरी शंकास्पद व्यक्तिहरुमा निगरानी गरिरहेको प्रहरी निरीक्षक भण्डारीले बताएका छन् ।















