काठमाडौं । सत्ता साझेदार दलहरुको बैठक सुरु भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघि बैठक सुरु भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री नियुक्त भए पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । अहिलेसम्म एमालेबाट ४ माओवादीबाट १ र स्वतन्त्र पार्टीबाट एक जना मन्त्री नियुक्त भएका छन् ।
शक्ति बाँडफाँटसँगै राप्रपालगायतका दलहरूलाई सरकारमा सहभागी गराउने विषयमा पनि बैठकमा छलफल हुनेछ ।















