• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ४. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ९. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

नरभक्षी बाघ दिउँसै वस्ती पस्न थालेपछि त्रास, सतर्कता अपनाउन अपिल

  •   बिहिबार, पुष १४, २०७९ मा प्रकाशित

कैलाली- केही सातायता बस्तीमै बाघ डुल्न थालेपछि कैलालीको दक्षिणी क्षेत्रका स्थानीय त्रसित भएका छन् । जिल्लाको कैलारी गाउँपालिका ७ र ५ नं. वडाका विभिन्न बस्तीहरूमा बाघको त्रास फैलिएको हो । स्थानीयले सो बाघ भारतको दुधुवा नेशनल पार्कबाट वसन्ता कोरिडोर हुँदै बस्तीसम्म पुग्नेको आशंका व्यक्त गरेका छन् ।

सो बाघ नरभक्षी रहेको आशंका बढेपछि झनै स्थानीयहरू त्रसित भएका हुन् ।​स्थानीयका अनुसार गर्दनमा ‘बेल्ट’ जस्तो बाँधिएको बाघ केही सातादेखि गाउँ, खेततिर देखिने गरेको छ । बाघको गर्दनमा बेल्ट बाँधिएको जस्तो देखिएको वस्तु सम्भवतः ‘रेडियो कलर’ जडान गरिएको हुनुपर्छ ।

प्रायः दिनहुँ बाघ देखिन थालेपछि स्थानीय पालिकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । गाउँपालिकाको ७ नं. वडा कार्यालयले बिहीबार एक सूचना जारी गरी स्थानीयलाई सतर्कता अपनाउन अनुरोध गरेको हो । गाउँपालिकाका प्रवक्ता समेत रहेका ७ नं. वडाध्यक्ष दीपेन्द्र बमले बाघ देखिएको अवस्थामा इलाका प्रहरी कार्यालय हसुलिया, सशस्त्र प्रहरी बल पोष्ट रामपुर, सबडिभिजन वन कार्यालय वसन्ता वा वडा कार्यालयलाई तत्काल जानकारी गराउन अनुरोध गरेको बताए ।

मान्छेले खेतमा जाने क्रममा दिउँसै पनि बाघ देखेको कैलारी गाउँपालिका–७ का खेमराज चौधरीले बताए । उनका अनुसार डेढ साताअघि मात्रै सोही वडाको विपतपुरस्थित वन र कटैनी नदी क्षेत्रमा दिनभरि बाघ देखा परेको थियो । यसैगरी वसन्तास्थित उखुबारीमा पनि बाघ पुग्ने गरेको बताइएको छ ।

वसन्ता वन क्षेत्र नजिक बाघले छाडा गाई पनि मारेको उनको भनाइ छ । खेत जाने क्रममा केही मान्छे झन्डै बाघसँगको जम्काभेटबाट जोगिएको जनाइएको छ । गहुँ सिँचाइका लागि खेतमा जाने क्रममा बाघ देखिएको थियो । उनीहरूले होहल्ला गरेपछि बाघ अन्यत्र गएको बताइएको छ । बाघको त्रास बढेपछि साँझ पर्ने बित्तिकै वसन्ता, रामपुर, भुइँयाफाँटा, बैजपुर, विपतपुर, तिघरीलगायतका गाउँ सुनसान हुने गरेको स्थानीयले बताएका छन् ।

उक्त बाघ भारतको दुधुवा नेसनल पार्कबाट आएको स्थानीयले बताएका छन् । भारतको सीमावर्ती गाउँतिर पनि त्यो बाघ देखा परेको बताइएको छ । सीमावर्ती भारतीय गाउँ बेलापरसुवाका लल्लन कठरियाले आफ्नो गाउँको आसपास क्षेत्रमा पनि स्थानीयले बाघ देखेको बताए ।

उनका अनुसार केही दिनअघि भारतको सम्पूर्णनगर नजिक रहेको मरौचा गाउँका एक १५ वर्षीय किशोरलाई बाघले आक्रमण गरी मारेको थियो । त्यसपछि बाघ नरभक्षी भएको भन्दै भारतीय अधिकारीले सो बाघलाई सुध्रिनका लागि रेडियो कलर जडान गरेर दुधुवा नेसनल पार्कको सलुखापुर क्षेत्रमा छोडेका थिए ।

‘त्यो बाघ दुधुवामा नबसी गाउँतिर आइरहेको छ । अहिले गाउँतिर देखा परिरहेको बाघ सम्भवतः त्यही नरभक्षी बाघ हो । दुधुवा छोडिएको बाघ गाउँतिर आउन थालेपछि दुधुवा नेसनल पार्क आसपासका भारतीय गाउँमा पनि त्रास बढेको छ । यहाँ पनि गाउँ नजिकै खेतमा आएर गाईलाई मारेर खाएको छ’, कठरियाले भने ।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डा. गणेश पन्तले बाघका कारण सम्भावित क्षति हुन नदिन भारतीय अधिकारी, प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय र जिल्ला वनसँग समन्वय भइरहेको बताए ।

उनले भने, ‘नयाँ दिल्लीस्थित अधिकारीहरूसँग कुरा भइसकेको छ । दुधुवाका बाघमा रेडियो कलर जडान गरिएको भए पनि गाउँतिर आइरहेको बाघ नरभक्षी हो वा अरू कुनै हो, त्यो पछि मात्रै थाहा हुन्छ । हाम्रो पहिलो ध्यान मानवीय क्षति हुन नदिनु हो ।’

 

  • नरभक्षी बाघ
बिहिबार, पुष १४, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट
भन्सार छलीका सामान नियन्त्रणमा
यस्तो छ आजको मौसम पूर्वानुमान
जुवाको खालमा सरकारी मोटरसाइकल

समाचार

सबै

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

भन्सार छलीका सामान नियन्त्रणमा

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

भन्सार छलीका सामान नियन्त्रणमा

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • १ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ४.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.