काठमाडौं- सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा भक्तपुर, भक्तपुर नगरपालिका–९ बस्ने २५ वर्षीय सुमन त्योछिनलाई प्रहरीले पक्राउ गरेको छ ।
सामाजिक सञ्जाल फेसबुकमा कुराकानी गर्ने क्रममा पीडित महिलालाई अश्लिलता प्रदर्शन गर्न करकाप गरी अन्य महिलाको नग्न तस्वीरमा पीडितको टाउको जोडी पीडितलगायत पीडितका आफन्त तथा साथीहरुका फेसबुक म्यासेन्जरमा पठाई पीडितलाई मानसिक तनाव, दुःख हैरानी दिने कार्यमा संलग्न व्यक्तिलाई प्रहरीले भक्तपुरबाट पक्राउ गरेको हो ।
नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरी प्रहरीले आवश्यक अनुसन्धान अगाडि बढाएको जनाएको छ ।















