काठमाडौं – अनेरास्ववियुले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई ज्ञापनपत्र बुझाएको छ । सो संगठनका केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन ऐडीका हत्यारालाई कारबाहीको माग गर्दै गृहमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको हो ।
अनेरास्ववियुकी अध्यक्ष सुनिता बरालको नेतृत्वमा गएको टोलीले हत्यामा संलग्नलाई पक्राउ गरी कारबाही गर्न माग राखेको छ । गृहमन्त्री लामिछानेले हत्यामा संलग्नलाई पक्राउ गर्ने प्रतिबद्धता जनाभएको अनेरास्ववियुका महासचिव समिक बडालले जानकारी दिए ।
गत मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका दिन बाजुरा जिल्ला त्रिवेणी नगरपालिका–७ स्थित मतदानस्थलमा भएको विवादमा राति आफ्नै घरमा सुतिरहेको बेला अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य ऐडीको हत्या भएको थियो ।















