धनगढी – नेकपा एकीकृत समाजवादीको सुदूरपश्चिम प्रदेशसभा संसदीय दलको नेतामा दीर्घ सोडारी चयन भएका छन्।
पार्टीबाट निर्वाचित ज्येष्ठ सदस्य प्रकाश रावलको अध्यक्षता तथा पार्टीका प्रदेश सचिव दिनेशचन्द्र सुवेदीको उपस्थितिमा शुक्रबार बसेको बैठकले सोडारीलाई दलको नेता चयन गरेको हो।
सोडारी हालै सम्पन्न निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र ४ (१) को प्रदेश सभामा विजयी भएका थिए। यस्तै, धनगढीस्थित प्रदेश पार्टी कार्यालयमा बसेको संसदीय दलको बैठकले दलको उपनेतामा कन्चनपुरबाट निर्वाचित प्रकाश रावललाई दलको उपनेता, बाजुराबाट निर्वाचित नरेश शाहीलाई प्रमुख सचेतक र समानुपातिकतर्फकी माया पन्तलाई सचेतक तोकेको छ। सुदूरपश्चिममा एकीकृत समाजवादीका ४ सांसद छन्।













