धनगढी– धनगढीमा रहेको मालिकार्जुन दार्चुला सेवा समितिले दुइ दिने निःशुल्क लोकसेवा अभिमुखी करण तालिम सञ्चालन गर्ने भएको छ । समितिले लोकसेवा तयारी गरीरहेका विद्यार्थी लक्षित गर्दै कार्यक्रम सञ्चालन गर्ने भएको हो ।
समाज सेवामा अग्रिम स्थानमा रहेको सेवा समितिले हरेक समयमा विभिन्न सेवामुलक कार्यक्रम गर्दै आइरहेको र यहि पुष २२ र २३ गते लोकसेवा अभिमुखीकरण कार्यक्रम गर्न लागेको हो ।
हाल लोकसेवा नजिक आइरहेको र लोकसेवाको तयारिमा जुटेका विद्यार्थीलाई लक्षित गर्दै कार्यक्रम सञ्चालन गरिरहेको समितिका अध्यक्ष महेन्द्रराज पन्तले बताए । लोकसेवा नजिक आइरहेकाले कार्यक्रम लाभदायक हुने अध्यक्ष पन्तले बताए ।
कार्यक्रममा विशेषज्ञ प्रसिक्षक तथा प्रशासनविद्वहरुबाट कक्षा सञ्चालन हुने हुदा समयमै नाम दर्तागर्न समेत अध्यक्ष पन्तले आग्रह गरे नाम दर्तागर्न समितिको नम्बर ९८५८४२२३४१ मा फोन गरेर या समितिको कार्यालय धनगढी-५ तारानगर आएर समेत दर्ता गर्न सकिने अध्यक्ष पन्तले बताए ।













