कञ्चनपुर- कञ्चनपुरको बेलौरी नगरपालिका–७ नम्बर वडा कार्यालयले अत्यधिक बढेको शीत लहरबाट जोगाउन २५० थान कम्मल बाँडेको हो । कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य दिवानसिंह विष्टले ज्येष्ठ नागरिकलाई कम्मल वितरण गरी कार्यक्रम सुरु गरिएको थियो ।
बेलौरी नगरपालिका–७ नम्बर वडा कार्यालयले वडामा एक कार्यक्रमको आयोजना गरी आफ्नो वडा भित्र बसोबास गर्ने ज्येष्ठ नागरिक , एकल महिला , दलित र द्वन्द्व पीडित ,भलमन्सा र चाकरहरु गरी २५० जनालाई कम्मल वितरण गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि प्रदेशसभा सदस्य दिवानसिंह विष्टले भने – अत्यधिक बढेको चिसोको समयमा ज्येष्ठ नागरिक , अपाङ्ग लगायतका नागरिकलाई ७ नम्बर वडा कार्यालयद्वारा कम्मल वितरणको यो काम सराहनीय भएको बताए ।
सुदूरपश्चिम प्रदेशसभा सदस्य विष्टले भने ९प्रदेशबाट समेत क्षेत्रको विकास र जनहितका कामहरूमा आफूले पहल गर्ने छु । वडा अध्यक्ष प्रकाश श्रेष्ठको सभापतित्वमा कार्यक्रम आयोजना गरिएको थियो ।













