• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
बिहिबार, असोज ०१, २०८३
☰
बिहिबार, असोज ०१, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

लोकप्रिय समाचार

  • १. विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी गर्दै हेमन्त खरेल

  • २. एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन, अध्यक्षमा लोकेन्द्र विष्ट विजयी

  • ३. बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने प्रदेश सरकारको निर्णय

  • ४. बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको आग्रह

  • ५. विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश सरकार

  • ६. बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं : मुख्यमन्त्री भट्ट

  • ७. च्याउ टिप्न जंगल गएका खप्तडछान्नाका जितेन्द्र ६ दिनदेखि बेपत्ता

  • ८. बजेट निर्माण प्रक्रिया तत्काल अघि बढाउने सर्वदलीय निर्णय

  • ९. स–साना योजनामा बजेट छर्ने प्रवृत्ति अन्त्य गर्न बझाङ जिल्ला सभाको निर्देशन

  • १०. जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता

बझाङको पुँगरमै बाख्रा पालनबाट मनग्य आम्दानी

  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित

बझाङ- जयपृथ्वी नगरपालिका पडेसका किसान भरतबहादुर विष्टले बाख्रा पालनबाट लाखौंको आम्दानीगरिरहेका छन् ।पुँगर लेकमा बस्ने उनले दुई बाख्राबाट सुरू गरेको व्यवसाय अहिले दुई खोर नै भरिभराउ छ । चार पुस्तादेखि पुँगरमा रमाएको विष्ट परिवारले तीन दशकयता मात्रै बाख्रापालन सुरू गरेका थिए । जिल्ला सदरमुकामबाट डेढ घण्टा मात्रै टाढा रहेको पुँगरमा उनले हरेक महिना चाररपाँच खसी बिक्री गर्दै आएका छन् ।

उनले भने, ‘बाख्रा सुरू गरेको समयमा एउटै बाख्रो र पाठी मात्रै थियो । पछि बढ्दै जाँदा दुई वर्षमा दर्जनको हाराहारीमा भए ।’ उनका अनुसार अहिले बाख्राको जति कारोबार गरे पनि ५५ बाख्राभन्दा तल भने कहिल्यै कम भएका छैनन् । ‘मैले जिन्दगीमा धेरै व्यवसायमा हात हाले, तर सफलता भने कतैबाट हात लागेन’, उनले भने, ‘बाख्रा व्यवसायपछि भने कहिल्यै पछाडि फर्कनुपरेन । अहिले पनि महिनामै चाररपाँच बाख्रा बेचिन्छ । त्योअनुसारको उत्पादन पनि भइरहन्छ ।’

निरन्तर सङ्घर्षपछि सफलता मिल्दै जाँदा ‘गरे हुन्छ’ भन्ने सोच थपिएको उनले बताए । उनी बाख्रालाई बाघ, स्यालबाट भने जोगाउन हम्मेहम्मे पर्ने गरेको बताउँछन् । ‘बाख्रापालनबाट केही घाटा छैन’, उनले भने, ‘दिनभर चराउँदा पनि पुग्छ, घाँस काट्नुपर्छ भन्ने हुँदैन । बिक्री नहोला भन्ने पनि छैन । दिउँसो ग्वालो ९चरिचराउन गर्ने व्यक्ति० भए पुग्छ तर, ग्वालो बलियो छैन भने एकैपटक धेरै नोक्सान हुन्छ ।’

उनीसँग बाख्रा मात्रै होइन, अन्य चौपाया पनि प्रशस्तै छन् । ‘भैँसी, गाई, गोरु पनि पाल्दै आएका छौं’, उनले भने, ‘मेरा सम्पत्ति भनेकै यी चौपाया नै हुन् । यिनको रेखदेखमा लागेपछि कतै जान पाइँदैन । रेडियो सुन्नेबाहेक बाहिरी संसार पनि केही थाहा हुँदैन ।’ अहिले विष्ट परिवारलाई खसीबोका तथा बाख्रा विक्रीका लागि बाहिर जानुपर्दैन । कसैलाई चाहिएमा सम्पर्क गरेर पुँगरमै पुग्ने गरेको उनी बताउँछन् ।

पुँगर लेक एउटा ‘पिकनिक जोन’ पनि हो । वनभोज खान यहाँ सयौंको सङ्ख्यामा मान्छे आउँछन् । ‘मङ्सिर–पुसमा मात्रै दर्जनभन्दा बढी खसी बोका वनभोज खानेलाई विक्री गरें’, उनले भने, ‘बाख्रा व्यवसायको फाइदा पनि यही हो । बेच्ने पनि गाउँमा यसरी नै हो ।’ खसी बोका बिक्रीका लागि अहिलेसम्म दौडधुप गर्नु नपरेको उनले बताए ।

परिश्रम गरे हरेक कुरा सम्भव हुने बताउने विष्ट राज्यबाट अनुदान, पशु औषधिजस्ता कुराहरू केही नपाएको गुनासो गर्छन् । ‘राज्यले काम गर्नेलाई सहयोग गर्नुपथ्र्यो’, उनी भन्छन्, ‘कामै नगर्नेलाई लाखौँ, करोडौँ रूपैयाँ अनुदानको नाममा सरकारले सहयोग गर्छ तर, हामीजस्ता कृषकलाई सामान्य औषधि पनि दिँदैन ।’

राज्यबाट केही सहयोग प्राप्त नगरे पनि गाउँमै लोभलाग्दो व्यापार भएपछि निर्धक्क देखिन्छन् उनी । ‘म यहाँ बसेको तीन दशक नाघिसक्यो’, उनले भने, ‘म मात्रै होइन, बुबा, बाजेले पनि यसै ठाउँमा जीवन बिताउनुभएको थियो । पुस्तौँदेखि वस्तुभाउ पाल्दै आउँदा पनि आफूलाई कुनै निकायबाट सहयोग मिलेको छैन ।’

उनका अनुसार काम गर्ने इच्छाशक्ति भएका कृषकलाई राज्यले लगानी गर्नुपर्छ । ‘म त आफैँ पनि गर्न सक्छु, व्यवसायमा मलाई सरकारको कुनै सहयोग नभए पनि केही छैन तर, काम गर्ने इच्छाशक्ति भएका गरिब परिवारलाई राज्यले लगानी गर्ने हो भने त्यसको नतिजा पनि राम्रो आउँथ्यो होला ।’ उनी भन्छन् ।

अहिले विष्टले बाख्राबाटै वार्षिक रु सात लाखभन्दा बढी कमाउँदै आएका छन् । ‘मैले बाख्रा पालेको लामो समय भइसक्यो’, उनले भने, ‘पहिलेको आम्दानी घरखर्च मात्रै हुन्थ्यो, दुईरचार वर्षयता भने बचत पनि भइरहेको छ ।’ त्यसै आम्दानीबाट तीन जना छोराछोरीलाई कैलालीमा प्राविधिक शिक्षा पढाउँदै आएको उनले सुनाए ।

भरत मात्रै होइन उनका दर्जनभन्दा बढी छिमेकी नै पडेसभन्दा बढी पुँगरमै बस्छन् । भरतका छिमेकी बलराम विष्ट भन्छन् , ‘घर ९पडेस० भन्दा लेक पुँगर नै सजिलो हुन्छ । यता खुला ठाउँ पनि छ । वस्तुभाउ पालनदेखि फलफूल तरकारी सबै यतै राम्रो उत्पादन हुन्छ । घरमा खेती लगाउने समयबाहेक बाँकी समय पुँगरमै बस्छौँ ।’

बलरामले पनि पुँगरमा फलफूल, तरकारी, बाख्रा, भैँसी पाल्दै आएका छन् । व्यावसायिकरूपमा नलागे पनि आफ्नो गुजाराका लागि पुँगर सजिलो भएको उनले बताए । उनले भने, ‘उत्पादन भएको केही बिक्री गर्नुपरेमा चैनपुर जान्छौँ । नत्र हाम्रो सानोतिनो उत्पादन फलफूल, तरकारी आफैँलाई ठीक हुन्छ ।’ उनका अनुसार पुँगर लेकमा सडक पुगेपछि नियमितरूपमा गाडी सञ्चालन भइरहेका छन् । ‘कहिलेकाहीँ ओखर, कागती त घरबाटै बेचिन्छ,’ उनले भने ।

  • बाख्रा पालन
सोमबार, पुष २५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड
चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित
धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने
सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै
आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै
आगलागीबाट ३५ लाखका धनमाल जलेर नष्ट

समाचार

सबै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

मदिरा नियन्त्रणमा सञ्चार क्षेत्रको भूमिका प्रभावकारी बनाउनुपर्नेमा जोड

चौध सय खानेपानी योजना सम्पन्न,पाँच लाख ७१ हजार जनसङ्ख्या लाभान्वित

धनगढीका किसानलाई गहुँको बीउमा ५०% अनुदान, असोज ६ सम्म निवेदन दिन सकिने

सुदूरपश्चिम सरकार: पुराना पुँजीगत आयोजना हटाएर नयाँ योजना राख्दै

विशेष

सबै
जोराघाटमा अक्षय कोषद्वारा गौरा निबन्ध प्रतियोगिता
  • ५ दिन 

गुणस्तरीय शिक्षा र पारदर्शी प्रशासनमा शिक्षक साहको महत्वपूर्ण योगदान
  • १ हप्ता 

धनगढीमा दलित विद्यार्थीलाई छात्रवृत्तिका लागि आवेदन खुला
  • २ हप्ता 

भोटेकोशी बाढी पीडितको राहतका लागि चैतन्यले शुरु गरेको अभियानबाट दुई लाख बढी रकम सङ्कलन
  • २ हप्ता 

एरिस्टो इङ्ग्लिस हाई स्कुलद्वारा विपद् राहत कोषमा ३ लाख १ हजार १११ रुपैयाँ सहयोग
  • २ हप्ता 

धनगढी उपमहानगर र कैलाली बहुमुखी क्याम्पसबीच समझदारी, विद्यार्थीले पाउने भए इन्टर्नसिपको अवसर
  • २ हप्ता 

शिक्षक सरुवा नीतिमा तत्काल सुधार गर्न माग,पूरा नभए आन्दोलनको चेतावनी
  • ३ हप्ता 

शिक्षामन्त्री पोखरेल आज धनगढी आउँदै
  • ४ हप्ता 

रेडियोग्राफी पढ्नेलाई सरकारीदेखि निजी अस्पतालसम्म रोजगारीको अवसर छ : प्रमुख बुडा
  • १ महिना 

कागजको झन्झट सकियो: धनगढी उपमहानगरका सबै सेवा अब अनलाइनबाट घरमै
  • २ महिना 

  • १.
    विदेश जाने सोच त्यागेर गाउँमै राम्रो आम्दानी

  • २.
    एक दशकपछि चैनपुर खानेपानी उपभोक्ता समितिको निर्वाचन,

  • ३.
    बजेट निर्माण प्रक्रियालाई द्रुत गतिमा अघि बढाउने

  • ४.
    बझाङको विकासमा दलगत स्वार्थ त्याग्न सांसद महरको

  • ५.
    विपद व्यवस्थापनका लागि सक्रिय बन्दै सुदूरपश्चिम प्रदेश

  • ६.
    बादी र दलित समुदायका अधिकार सुनिश्चित गर्छौं

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

सञ्चालक/ कार्यकारी सम्पादक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.