• समाचार
  • राजनीति
  • मनोरञ्जन
  • आर्थिक
  • अन्तर्वार्ता
  • शिक्षा
  • खेलकुद
  • विचार
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य
×
मङ्गलबार, साउन १२, २०८३
☰
मङ्गलबार, साउन १२, २०८३
    • समाचार
    • राजनीति
    • मनोरञ्जन
    • आर्थिक
    • अन्तर्वार्ता
    • शिक्षा
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • स्वास्थ्य

भर्खरै

सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

लोकप्रिय समाचार

  • १. गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु हुनुपर्छ : नगरप्रमुख हमाल

  • २. नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा सरसफाइ

  • ३. सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४. स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन ९ गते हुने

  • ५. धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६. विश्वविद्यालय परिसर वरिपरि सरसफाई

  • ७. धर्म मन्दिरमा होइन, निस्वार्थ सेवामा छ’ सरसफाइ अभियानकर्ता खड्का

  • ८. कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

  • ९. २० रुपैयाँमै भरपेट शाकाहारी भोजन

  • १०. एक महिनामा ११० जना फरार प्रतिवादी पक्राउ

रूख कटान आदेशको पर्खाइमा महाकाली करिडोर

  •   सोमबार, पुष २५, २०७९ मा प्रकाशित

महेन्द्रनगर- साढे १२ वर्षअघि सुरु भएको महाकाली करिडोर सडक निर्माण योजनाले अझै रूख कटानको पूर्ण आदेश पाउन सकेको छैन । नेपाल, भारत र चीनसित जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको करिडोरको अधिकांश काम वनको रूख कटानको आदेश नआउँदा प्रभावित बनेको छ ।

सडक आयोजनाअन्तर्गत कञ्चनपुरको ब्रह्मदेवदेखि डडेल्धुराको जोडबुढा क्षेत्रको १५ किलोमिटर शून्य विन्दुमा ट्र्याक खोल्न डेढ वर्षअघि रु पाँच करोड ५० लाखमा ठेक्का सम्झौता भए पनि सो क्षेत्रको कञ्चनपुरको भू–भागमा पर्ने ११ किलोमिटर क्षेत्रफलमा रूख कटानको आदेश नआउँदा काम नै सुरु हुन सकेको छैन ।

पहिलो प्याकेजको डडेल्धुरामा पर्ने चार किलोमिटर क्षेत्रमा मात्रै रूख कटानको आदेश आएपछि निर्माण कम्पनीले सो क्षेत्रमा रूख कटान र सडकको ट्र्याक खोल्ने काम अघि बढाएको छ । महाकाली करिडोर दार्चुला तिङ्कर सडक योजनाका इन्जिनियर योगेन्द्र अधिकारीले आयोजनाअन्तर्गत बैतडी, दार्चुला र डडेल्धुरामा निर्माणको काम भइरहेको बताए ।

“डडेल्धुरामा दुईवटा प्याकेजमा गरी १४ किलोमिटर क्षेत्रमा रूख कटानको आदेश वनबाट आएर काम अघि बढेको छ”, इन्जिनियर अधिकारीले भने, “धेरै ठाउँको ट्र्याक खोल्ने काम वनको कटान आदेश नआउँदा अघि बढेको अवस्था छैन ।” उहाँले वनको कटान आदेश दिनुअघि वन डिभिजन र प्रदेश वन कार्यालयबाट अनुगमनपश्चात् मात्रै आदेश पाउने प्रावधान रहेको बताए ।

“जिल्लाको वन डिभिजन कार्यालयले करिडोरअन्तर्गत रूख कटान क्षेत्रको अनुगमन गरिसक्यो”, अधिकारीले भने, “अब यो साताभित्रै प्रदेश वनबाट अनुगमन आएर कटान आदेश दिने तयारी रहेको सुनिएको छ ।” उता ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि काम गर्ने वातावरण नभएपछि निर्माण व्यवसायीले निराशा पोखेका छन् ।

करिडोरको पहिलो प्याकेज कञ्चनपुरको ब्रह्मदेव क्षेत्रमा एक हजार नौ सय ५१ रूख कटान गर्नुपर्ने छ भने डडेल्धुरामा १० हजार चार सय ७६, बैतडीमा चार हजार पाँच सय ९६ र दार्चुदामा दुई हजार ४२ रूख कटान गनुपर्ने सडक योजना कार्यालयले जनाएको छ । त्यसका लागि वन विकास कोषमा कार्यालयले रु ५७ करोड रकम जम्मा गर्नुपर्ने हुन्छ ।

“रु ३७ करोड रकम कोषमा हामीले जम्मा गरिसकेका छौँ”, इन्जिनियर अधिकारीले भने, “बाँकी रकम तिर्नका लागि सडक विभागमा रकम माग गरिसकेका छौँ ।” योजनाअन्तर्गत डडेल्धुरामा ५४ किलोमिटर सडक ट्र्याक खोल्नुपर्नेमा २२ किलोमिटर खोलिएको छ भने बैतडीमा ७० किलोमिटर र दार्चुलामा ९४ किलोमिटर सडक ट्र्याक खुलिसकेको छ ।

दार्चुलामा दुई सय किलोमिटरमध्ये ७८ किलोमिटर ट्र्याक खोल्ने कामको जिम्मेवारी नेपाली सेनाले पाएअनुरुप सेनाले कामलाई गति दिएको छ । चार सय २५ किलोमिटर लामो करिडोरको काम रूख कटानको प्रक्रियागत ढिलाइले गति पाउन सकेको छैन ।

त्यसैगरी यहाँका प्रमुख राजनीतिक दलले ब्रह्मदेवसम्मको करिडोरलाई यहाँ महाकाली नदीमा निर्माण भएको चार लेनको पक्की पुलसित जाडेर यहाँको दोधारा चाँदनीलाई मुख्य आर्थिक नाका बनाउने विषय आफ्नो एजेन्डा बनाउँदै आएका छन् ।

पक्की पुलपारि दोधारा चादँनीमा सुक्खा बन्दरगाह निर्माणको प्रस्ताव भएअनुरुप प्रक्रिया अघि बढेको छ भने चालु आर्थिक वर्षमा सरकारले रु एक अर्ब बजेटसमेत विनियोजन गरेको छ । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा पनि दोधारा चाँदनीलाई त्रिदेशीय एवं आर्थिक नाकाका रूपमा विकास गर्ने विषय दलीय प्राथमिकतामा परेको थियो ।

दोधारा चाँदनीको सुक्खा बन्दरगाह जोड्न भारतले पनि आफ्नो क्षेत्रमा पहुँच मार्ग निर्माण अघि बढाएको छ । भारतको सीमावर्ती चक्रपुरमा राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्म करिब चार किलोमिटर पहुँच मार्ग निर्माण भारतले अघि बढाएको हो ।

  • महाकाली करिडोर
सोमबार, पुष २५, २०७९ मा प्रकाशित
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने
भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने
लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन
विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका
सुनको मूल्य घट्यो
कैलालीमा एक वर्षमा ५ सय ५८ नयाँ उद्योग थपिए

समाचार

सबै

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

थारु समुदायले धनगढीमा ‘गुरही’ पर्व मनाउने

भदौ १७ गते ‘सुदूरपश्चिम गाईजात्रा सिजन-२’ हुने

लघुवित्त पीडितले माइतीघरमा सुरु गरे आमरण अनशन

विधि विज्ञान प्रयोगशालामा ल्याइने अधिकांश नमूना लागुऔषधका

विशेष

सबै
सरकार–डा. गोविन्द केसीबीच ७ बुँदे सहमति, केसीद्वारा सत्याग्रह अन्त्य
  • १ दिन 

डा. केसी र सरकारबिचको ७ बुँदे सहमतिपत्रमा के छ ? (पत्रसहित)
  • १ दिन 

गेटामा यसै वर्ष एमबीबीएस सुरु नभए म अनशन बस्छु’ : मेयर हमाल
  • १ दिन 

सरकारद्वारा शिक्षा र स्वाथ्यमा लगाएको कर फिर्ता
  • १ हप्ता 

बेलौरीमा चार विद्यालय समायोजन
  • २ हप्ता 

भानु जयन्तीको अवसरमा चैतन्यद्वारा कविता वाचन प्रतियोगिता आयोजना
  • २ हप्ता 

शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजना : मस्यौदामाथि छलफल
  • ३ हप्ता 

अत्यधिक गर्मीका कारण धनगढीका सबै विद्यालय ४ दिन बन्द हुने
  • १ महिना 

कक्षा १२ को नतिजा सार्वजनिक
  • १ महिना 

माछापुच्छ्रे बैंकद्वारा शैक्षिक सामग्री सहयोग
  • २ महिना 

  • १.
    गेटामा यसै शैक्षिक सत्रबाट एमबीबीएस पढाइ सुरु

  • २.
    नगर प्रमुख हमालको नेतृत्वमा शहिद दशरथ चन्द

  • ३.
    सुदूरपश्चिममा एक महिनामा लागूऔषधसहित १७४ जना पक्राउ

  • ४.
    स्थगित भएको ‘कोरा धनगढी २०२६’, अब साउन

  • ५.
    धनगढीमा आजदेखि भूमि प्रशासन सेवा उपमहानगरपालिकाबाटै

  • ६.
    विश्वविद्यालय परिसर वरिपरि सरसफाई

हाम्रो बारेमा

निशाना न्युज प्रा.लि
धनगढी, कैलाली

सूचना विभाग दर्ता नं.
४१८८–२०८०-२०८१

प्रेस काउन्सिल नेपाल सूचिकरण नं
४१८३

फोन नं.
९८४८४१५८०४, ९८६८८९८८१८

Email-
[email protected]

हाम्रो टीम

संचालक
टंक बहादुर कुँवर
प्रधान सम्पादक
मीन ठकुरी
सम्पादक
अशोक बहादुर बडैला
सह–सम्पादक
सुरेन्द्र ताम्राकार

Quick Links

  • हाम्रो बारेमा
  • सम्पर्क
  • विज्ञापन
Copyright ©2026 Nishana News | All rights Reserved.
 Website By :  nwTech.