धनगढी- नेपाली प्रवासी परिवार बेङ्गलोर कर्नाटक राज्य समिति(भारत) को अध्यक्षमा गोविन्द कुँवर चयन भएका छन् ।
नेपाली प्रवासी परिवार बेङ्गलोर कर्नाटक राज्य समितिको समिति गठन गरियो कार्यक्रममा नेपाल परिवार दलका संयोजक खडक नागरी, कञ्चनपुर जिल्ला अध्यक्ष प्रेम परियार र पिस फोर्स नेपालका केन्द्रीय सदस्य अजय जैरु लगायतका नेताहरूको सहभागिता रहेको थियो ।
नेता नागरीले प्रवासी समिति गठन गर्नको उद्देश्य कुनै पनि नेपाली प्रवासीहरू कुनै पनि सदस्य आउँदा यश सङ्गठनले उद्धार गर्ने र सम्बन्धी निकायसंघ सहकार्य गर्ने पिडितहरुलाई सहयोग गर्ने बताएका छन् ।
यस्तै समयमा तलब नपाउने, बाटोमा हुने असुबिधा लगायतका समस्याको समाधान गर्ने बारे छलफल भएको बताए । यस्तै समितिले विभिन्न किसिमका सांस्कृतिक कार्यक्रम गर्ने त्यसबाट जम्मा भएको पैसाले कुनै पनि प्रवासीलाइ समस्या पर्दा सहयोग गर्ने नेता नागरीले बताए ।
कञ्चनपुर जिल्ला अध्यक्ष प्रेम परियारले पनि प्रवासीहरूलाई पनि समस्या पर्दा हाम्रो पार्टी नेपाल परिवार दलले सहयोग गर्ने बताए । यस्तै पिस फोर्सका युवा नेता अजय जैरुले भारतक विभिन्न राज्यमा सङ्गठनले प्रवासीहरूलाई अप्ठेरा सहयोग गर्ने बताए । कार्यक्रम लालबाग बेङ्गलोर कर्नाटकमा सम्पन्न भएको हो ।
यसरी समितिको अध्यक्षमा गोविन्द कुँवर, उपाध्यक्ष आर्सी जैरु,सचिव रुपेश आउजी,कोषाध्यक्ष पुजा थापा मगर , सदस्य भक्त बहादुर नेपाली, यनुका बोहरा , एलिशा जैरु, सन्तोष परियार, पदम कुँवर, रिना नेपाली , दिपक आउजी, सुनिल नागरी, दिनेश परियार , बहादुर परियार र प्रकाश धामी रहेका छन् ।













