धनगढी – सुदूरपश्चिम प्रदेशको सभामुखमा नेपाली कांग्रेसले आफ्नो उम्मेदवारी दर्ता गराएको छ । कांग्रेसका तर्फबाट ज्येष्ठ सदस्य मानबहादुर रावलले उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावकमा प्रदेशसभा सदस्य मेघराज खड्का र समर्थकमा पृथ्वीबहादुर सिंह रहेका छन् ।
सुदूरपश्चिमपश्चिम प्रदेशसभामा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल हो । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३२ प्रत्यक्ष र २१ समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन् ।
सुदूरपश्चिममा कांग्रेसका १९, माओवादी केन्द्रका ११, एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।













