धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा राजेन्द्र सिंह रावल नियुक्त भएका छन् । २९ सांसदको समर्थनसहित उनले दाबी पेश गरे सँगै प्रदेश प्रमुख देवराज जोशीले रावललाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
रावलले एमालेसँगै माओवादी केन्द्र र नागरिक उन्मुक्ति र राप्रपा गरी २९ सांसदको समर्थन सहित मुख्यमन्त्रीमा नियुक्त भएका हुन ।
५३ सदस्यीय प्रदेश सभामा सरकार बनाउँन २७ संसद आवश्यक पर्छ । जसमा मुख्यमन्त्री रावलले एमालेका १०, माओवादी केन्द्रका ११ र नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपा १ सांसद गरी २९ जनाको सहमतिमा मुख्यमन्त्रीमा रावल नियुक्त भएका हुन ।













